`

रुकुम पश्चिम ट्रेनिङ सेन्टर नवौं एनभिए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

Nepal One HD १७ पुष २०८२ २०:२८
खेलकुद

काठमाडौँ, १७ पुसः राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्पmको खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा रुकुमले एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले खेलको पहिलो सेट २२–२५ अङ्कले गुमायो । त्यसछिको खेलमा पुनरागमन गर्दै रुकुम पश्चिमले लगातार तीनै सेट आफ्नो पक्षमा पा¥यो । रुकुम पश्चिमले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा अन्तिम सेट २५–२० अङ्कले जित्यो ।

यसअघि नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० सेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले उक्त खेल २५–१९, २५–१७ र २५–१८ अङ्कले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *