विश्वकप छनोट: नेपालले दियो थाइल्याण्डलाई १२३ रनको चुनौति
खेलकुद
काठमाडौं । काठमाडौंमा आजबाट सुरू भएको टी-२० महिला विश्वकप छनोटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रन बनायो । नेपालका ओपनर द्वय बिन्दु रावल र सम्झना खड्काले राम्रो प्रदर्शन गरे पनि अन्य ब्याट्सम्यान मैदानमा टिक्न सकेनन् ।
बिन्दुले ५६ बलमा ४४ रन र सम्झनाले ११ बलमा २६ रन बनाइन् । दुवैले ६-६ चौका प्रहार गरेका थिए । पूर्व कप्तान रुबिना क्षेत्रीले १० बलमा १७ रन बनाउँदा उपकप्तान पूजा महतोले १७ बलमा १२ रन बनाइन् ।
कप्तान इन्दु बर्मा ६ रनमा आउट हुँदा कविता जोशी र कविता कुँवरले २-२ रन जोडे ।
थाइल्याण्डका लागि थिपच्चा पुत्तावोङले सर्वाधिक २ विकेट लिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
