रास्वपाका राजुनाथ पाण्डेको काठमाडौं– ३ मा उम्मेदवारी दर्ता
निर्वाचन विषेश
रास्वपाका राजुनाथ पाण्डेको काठमाडौं– ३ मा उम्मेदवारी दर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजुनाथ पाण्डेले काठमाडौं– ३ मा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर केहीबेरअघि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले हालै काठमाडौं महानगर प्रहरीको प्रमुखबाट राजीनामा दिएका हुन् । उनीसँग यहाँ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिस्पर्धा गर्दैछन् ।
यो क्षेत्रबाट २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
