`

महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य

Nepal One HD १० माघ २०८२ १४:४६
खेलकुद
काठमाडौं । आइसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा घरेलु टोलीसामु जितका लागि जिम्बाबेले १ सय ३० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको हो।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन्। कविता कुवँर, पुजा महतो, सिता रानामगर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे। जिम्बाबेका लागि केलिस ध्लोबुले सर्वाधिक ५२ रन बनाइन्। विलभ्ड विजाले ३४ रन बनाइन्।

नेपालले आजको खेलमा जित निकाले सुपर सिक्स खेल्ने सम्भावना जिवित राख्‍ने छ। हारले सुपर ६ को सम्भावना सकिनेछ।  लगातार ३ खेलमा हार भोगेको जिम्बाबे समूह चरणको अन्तिम खेल खेल्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *