ओलीले भने – नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ हो, यो टोलीले देशको शिर उच्च राख्नेछ
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना व्यक्त गरेका छन् ।
नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ रहेको दाबी गर्दै उनले नेपाली खेलाडीलाई भिडियो र स्टाटसमार्फत शुभकामना दिँएका हुन् । उनले भने टी – २० विश्वकपमा सहभागी हुन लागेका प्रिय नेपाली खेलाडीहरूलाई शुभकामना । तपाईहरुको प्रदर्शनले विश्वले देख्ने छ कि – नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ हो। प्रिय क्याप्टेन रोहित पौडेल नेतृत्वको टोलीले देशको शिर उच्च राख्नेछ । जय नेपाल ! जय नेपाली क्रिकेट !
pgले नेपालको खेलले विश्वले क्रिकेट जगतमा नेपाल एउटा उदयमान नक्षत्र रहेको देखाउने बताएका हुन्। pgले रोहित पौडेल नेतृत्वको नेपाली टोलीले देशको शिर उच्च राख्ने विश्वास व्यक्त गरे।
उनले भनेका छन्,‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो। त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन्। खेलाडी हरुको मेहनत र पसिनाका लागि हामी रंगशाला जस्तै पूर्वाधार निर्माण गरेर तिर्नुपर्छ, सहयोग पुर्याउनुपर्छ।’
