टी-२० विश्वकप: न्युजिल्याण्डविरूद्ध अफगानिस्तानले रोज्यो ब्याटिङ
खेलकुद
काठमाडौं । भारत र श्रीलंकमा भइरहेको टी-२० विश्वकपमा आजको पहिलो खेल अफगानिस्तान र न्युजिल्याण्डबीच हुँदै छ । चेन्नाईको एम.ए. चिदम्बरम रंगशालामा हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।
क्रिकेटको पावरहाउस मानिने किवि टिमलाई अन्तिम भेटमा अफगानिस्तानले पराजित गरेको थियो । त्यसैले पनि आजको खेल रोचक हुने अपेक्षा गरिएको छ ।
न्युजिल्याण्ड र अफगानिस्तान यसअघि २०२४को टी-२० विश्वकपमा आमनेसामने भएका थिए । यो खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
यी दुई टीमले अहिलेसम्म दुई खेल खेलेका छन्, जसमा दुवैले एक-एक जित दर्ता गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
