`

तस्करको आक्रमणमा तीन सशस्त्र प्रहरी घाइते

Nepal One HD २६ माघ २०८२ १४:३७
अपराध

काठमाडौं । पर्साको वीरगन्जमा तस्कर समूहको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते भएका छन् ।

वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन सशस्त्र प्रहरी घाइते भएका हुन् ।

आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको सात लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ ।

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएको थियो । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीको दुईवटा गाडीमा क्षति पुगेको छ ।

छापामारीका क्रममा सशस्त्र प्रहरीले गोदामबाट ५ पोका साडी, कुर्ता-सुरुवाल लगायतका कपडाका सामग्री नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामानको मूल्य करिब ५ लाख रुपैयाँ बराबर रहेको भएपनि सामानको विस्तृत विवरण र यकिन परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन ।

अहिले सामानको लगत संकलन गर्ने र मुचुल्का उठाउने काम भइरहेको छ । गोदाम कसको हो र सामान वैध हो वा होइन भन्ने विषयमा पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *