मंगलबार पनि बढ्यो सुनको मूल्य
अर्थ समाचार
काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला तीन लाख चार सय ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।
सोमबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
