`

कांग्रेसका सहमहामन्त्री राणालाई हराउदै ललितपुर-१ मा महर्जन विजयी

Nepal One HD २३ फागुन २०८२ ११:३०
निर्वाचन विषेश

काठमाडौं । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् ।

बुद्धरत्न महर्जन निकटतम प्रतिद्वन्द्वी उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् ।

महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जबराले १३ हजार ५२० मत ल्याएका छन् ।

ललितपुर–१ मा तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल छ हजार ५४६ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले एक हजार ९६४ मत प्राप्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *