एकै दिन सुनको मूल्य ताेलामै घट्यो १२ हजार ५००
काठमाडौं । सुनको भाउ आज ताेलामै १२ हजार ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य आज २ लाख ८२ हजार रुपैयाँ ताेकिएकाे छ ।
सुनको भाउ एक सातामै २७ हजार ४ सय रुपैयाँ घटेको छ ।
गत आइतबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
यस्तै , आइतबार चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ५४० रुपैयाँमा झरेको छ ।
एक सातामा चाँदीको भाउ प्रतितोला ७३० रुपैयाँ घटेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
