व्यावसायी दीपक भट्ट पक्राउ
अपराध
काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई केही समयअघि नियन्त्रणमा लिएको हो। सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीले भट्ट पक्राउ परेको पुष्टि गरेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा भट्टलाई पक्राउ गरिएको हो। यसअघि नै सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट रोक्का गरेको थियो।
विभागले भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
