४० हजार घुससहित इन्स्पेक्टर रंगेहात पक्राउ
अपराध
धनुषा। धनुषामा घुस लिँदै गरेका एक सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बेस क्याम्प नक्टाझिजका प्रहरी निरीक्षक ओकिल अधिकारी लाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
उनीलाई लालगढ स्थित आदर्श राष्ट्रिय माध्यमिक विद्यालय अगाडिबाट ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको जनाइएको छ। क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख राम बहादुर कुरुम्वाङका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
अख्तियारका अनुसार कमला-ढल्केवर-बाग्मती सडक निर्माण अन्तर्गत माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारी साधनलाई रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीपछि निगरानी बढाइएको थियो। सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
