छ लाखसहित दुई जना पक्राउ
अपराध
सुनसरी। कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव थेबाका अनुसार सप्तरीको तिलाठी कोइलारी गाउँपालिका-५ का ५८ वर्षीय रामलखन यादव र भारत बिहार राज्यको सुपौल जिल्लास्थित छिटही हनुमाननगर ग्राम पञ्चायत-१५का ६५ वर्षीय प्रभु मुखियालाई नियन्त्रणमा लिइएको हो।
मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका उनीहरूलाई शंका लागेपछि जाँच गरिएको र सोही क्रममा स्रोत नखुलेको रकम फेला परेपछि शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
