`

सुनको भाउ आकाशियो, चाँदीको घट्यो

Nepal One HD ८ वैशाख २०८३ ११:२४
अर्थ समाचार

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा आएको उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक कारोबार मूल्य निर्धारण गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *