`

गगनसँग ३ अर्ब भएको दाबी गर्ने कान्छाराममाथि अनुशासनको डण्डा : सोधियो तीन दिने स्पष्टीकरण

Nepal One HD ८ वैशाख २०८३ १२:०८
अर्थ समाचार

काठमाडौं। नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

तामाङले सभापति गगन थापासँग ३ अर्ब रुपैयाँ रहेको दाबी गरेको भिडिओ सार्वजनिक भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो ।

पार्टीको अनुशासन आयोगले उनीमाथि पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको निष्कर्ष निकाल्दै स्पष्टीकरण माग गरेको हो ।

अनुशासन आयोगका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले पार्टी र नेतृत्वविरुद्ध तथ्यहीन र बदनियतपूर्ण अभिव्यक्ति दिएको देखिएकाले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरिएको छ ।’

कांग्रेसले यो कार्य पार्टी विधान २०१७ को धारा ३४ अन्तर्गत अनुशासन उल्लङ्घन भएको ठहर गरेको छ ।

पूर्वसभापति शेरबहादुर देउवा निकट नेता कान्छाराम सांसद तथा पूर्वराज्यमन्त्रीसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *