`

एनटिएनसीको अध्यक्षमा वनमन्त्री चौधरीको पदभार

Nepal One HD २९ वैशाख २०८३ २१:३२
प्रमुख खबर

काठमाडौँ। वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षको पदभार ग्रहणसँगै ‘शून्य सहनशीलता’ नीति लागू गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार एनटिएनसीको अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएसँगै मन्त्री चौधरी आज (एनटिएनसी) को अध्यक्षको जिम्मेवारी, पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा उहाँले पारदर्शी र उत्तरदायी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री चौधरीले संरक्षण क्षेत्रमा कोषले पु¥याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी र नमूना संस्था बनाउनुपर्ने जोड दिनुभयो । सो कार्यक्रममा सचिव, विभागीय प्रमुख तथा एनटिएनसीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *