`

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न कृषिमन्त्री चौधरीको आग्रह

Nepal One HD २ जेठ २०८३ २१:३३
राजनीति

काठमाडौँ । कृषि, वन तथा पर्यवरणमन्त्री गिता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन सबैमा आग्रह गरेकी छन् ।उनले शनिबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा आफूले पनि दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य उत्पादनका साथै अन्य स्वदेशी वस्तु प्रयोग गर्न थालेको भन्दै सबैले स्वदेशी उत्पादन उपयोगमा जोड दिनुपर्ने धारणा राखिन्।

मन्त्री चौधरीले स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने र देशको अर्थतन्त्र मजबुत बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्,“आन्तरिक उत्पादन वृद्धि र तिनको उपभोमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ । त्यसैले आमउपभोक्तादेखि उच्च ओहदामा रहेका सबैले स्वदेशी उत्पादनलाई माया गरौँ ।”

डिडिसीले दूध, दही, घ्यू, बटर, पनिर, आइसक्रिमलगायत विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ। संस्थानले किसानबाट दूध सङ्कलन गरी प्रशोधनपछि उपभोक्तासम्म पुर्‍याउने व्यवस्था मिलाउँदै आएको छ, जसले हजारौँ दुग्ध उत्पादक किसानलाई प्रत्यक्ष लाभ पुर्‍याइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *