`

‘आलुकै भात, आलुकै अचार, आलुको तरकारी खानुपर्ने अवस्था छ’

Nepal One HD ५ जेठ २०८३ १२:४८
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था अत्यन्तै खराब रहेको बताएका छन् ।

मंगलबार (जेठ ५) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कैलाश, राक्सिराङ, थाहा, इन्द्रसरोवर र भीमफेदीलगायतका पालिकाका सडकहरूमा एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था रहेको उल्लेख गरे ।

‘अब चार महिना त्यहाँका नागरिक आइसोलेसनमा बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘एकातिर थाहामा उत्पादन भएको आलुको भाउ १० रुपैयाँ पुगेको छ ।’

सांसद उप्रेतीले सडक अवस्थाकै कारण स्थानीय उत्पादनको उचित बजार नपाएको भन्दै व्यङ्ग्य पनि गरे ।

‘यस्तो तरिकाले त हरिबहादुरले भनेजस्तो आलुकै भात, आलुकै अचार, आलुको तरकारी खानुपर्नेछ थाहा छ,’ उनले भने, ‘अविलम्ब सडक निर्माणको काम अघि बढाउन र ठेकेदारलाई जवाफदेही बनाउन आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *