`

जेन-जी सहिदकी सांसद आमा रचनाकाे माग- शहीदकाे शालिक निर्माण गर्नुपर्‍याे

Nepal One HD ६ जेठ २०८३ १२:३३
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि ‘जेनजी सहिद’को सालिक निर्माण यथाशीघ्र सुरु गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उनले सहिदहरूको बलिदान र घाइतेहरूको पीडालाई केवल सम्मानका रूपमा नभई व्यवहारिक रूपमा पनि सम्बोधन गर्नुपर्ने बताइन् ।

सांसद खत्रीले भनिन्, ‘सहिदको बलिदान र घाइतेको पीडालाई केवल सम्मान मात्रै होइन, व्यवहारिक रूपमा पनि न्याय दिन सरकारसँग आग्रह गर्दछु ।’

उनले संसद् भवन अगाडि सहिद सालिक निर्माण प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *