`

ठेक्कापट्टा गर्दा प्रेम बस्यो र श्रीमती नभएको बेला घरमै ल्याएर करणी गर्दा जेलवास

Nepal One HD ६ जेठ २०८३ १५:५१
अपराध

काठमाडौं । नाबालिका करणी घटनाका आरोपी रेशम भन्ने रणबहादुर सुनारले आफू र पीडितबीच पहिले प्रेम सम्बन्ध रहेको, पछि विवाह भएको र त्यसपछि सहमतिमै शारीरिक सम्बन्ध बनेको दाबी गरेका छन् ।

प्रहरीसमक्ष दिएको बयानमा उनले २०८० सालमा डोल्पाको ठूलीभेरी नगरपालिका-५ लाहारामा ठेक्कापट्टाको कामका क्रममा ती बालिकासँग चिनजान भएको बताएका छन् ।

चिनजानपछि मोबाइल नम्बर साटासाट भई कुराकानी हुँदै जाँदा सम्बन्ध प्रेममा परिणत भएको उनको भनाइ छ । उनी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका हुन् ।

सुनारका अनुसार सम्बन्ध विस्तार हुँदै गएपछि दुवैबीच विवाह गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उनले २०८२ साल असोज १३ गते ती बालिकासँग विवाह गरेको र त्यसपछि आफ्नै घरमा ल्याएको बयानमा उल्लेख छ ।

उनले श्रीमती नभएको बेला ती बालिकालाई घरमा ल्याएर ‘कान्छी श्रीमती’को रूपमा राखेको पनि बताएका छन् । त्यसपछि दुवैको सहमतिमा एक पटक शारीरिक सम्बन्ध भएको उनको दाबी छ ।

उनका अनुसार सो क्रममा वीर्य स्खलन भएको र पछि ती बालिकाको गर्भ रहेको पत्ता लागेको थियो ।

तर, उनकी जेठी श्रीमती सिर्जना सुनारले बहुविवाहको आरोपमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

सोही अनुसन्धानका क्रममा बहुविवाह मुद्दाको अनुसन्धान अघि बढ्दै जाँदा जबरजस्ती करणीसम्बन्धी विषयसमेत खुलेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवादी सुनारले अनुसन्धान अधिकारीसमक्ष नाबालिकासँग सम्बन्ध राख्नु आफ्नो गल्ती भएको स्वीकार गरेको बयानमा उल्लेख छ ।

प्रहरीले उक्त घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *