विपक्षी दललाई रास्वपाले स्मरण गरायो नियमावली
बिशेष
काठमाडौं। विपक्षी दलले प्रधानमन्त्री बालेन शाहको खोजी गर्दै सदन अवरोध गरेपछि सत्तारुढ दल रास्वपाले प्रतिनिधि सभा नियमावलीको दफा ५० हेर्न सुझाएका छन्।
रास्वपाको तर्फबाट बोल्दै सांसद अशोक चौधरीले भने, ‘सभामुखले प्रश्न सोध्ने अधिकारको दुरुपयोग गरेको वा संविधान वा त्यस नियमावलीको विरुद्ध वा सदनको प्रतिष्ठामा आँच आउने वा बैठकको कार्यविधिमा बाधा पर्ने सम्भावना देखिएमा त्यस्तो प्रश्नलाई सभामुखले पूर्ण वा आंशिक रूपमा अस्वीकार गर्न सक्नेछ’ भन्ने प्रावधान रहेको छ।’
उनले थपे, ‘प्रधानमन्त्रीज्यूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यूलाई जिम्मेवारी तोकेर पठाइसकेको छ। हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा ५० को (४) मा पनि उल्लेख गरिएको छ। यो कुराहरू हेर्नको अनुरोध गर्छु।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
