रवि लामिछानेको मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौं । प्रधानन्यायाधीश मनोज शर्मा भएलगत्तै रास्वपा सभापति रवि लामिछाने विपक्षी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ ।
उच्च अदालत पोखराले मुद्दा फिर्ता लिनेगरी अभियोगपत्र संशोधन गर्न शुक्रबार आदेश दिएको हो । शर्मा लामिछाने हुन् । उनी रास्वपा सभापति रवि लामिछानेसँग नजिक मानिन्छन् ।
चौथो वरियताका उनलाई वरिष्ठता, विधि र स्थापित परम्परा तोडेर प्रधानन्यायाधीश बनाउनुको उद्देश्य नै रविको मुद्दा फिर्ता गर्ने भन्ने थियो ।
एकातिर, रवि लामिछाने, जीबी राई, छविलाल जोशीलगायतले देशका विभिन्न सहकारीका अर्बौँ पैसा ग्यालेक्सी फोरके टेलिभिजनमा लगेर अपचलन गरेको र त्यस सम्बन्धी मुद्दाबाट रविलाई उन्मुक्ति दिन बालेन सरकारले जनताको कर लामिछानेसमेतले अपचलन गरेको पैसा फिर्ता गराउँदा अर्कोतिर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन प्रधानन्यायाधीश शर्माको इशारापछि पोखरा अदालतबाट यस्तो आदेश आएको हो ।
