`

प्रयोगकर्तालाई थाहा नदिइ विधेयक निर्माण हुनु हुँदैन – सभामुख अर्याल

Nepal One HD ८ जेठ २०८३ १९:१३
राजनीति

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उहाँले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताए ।

सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाए। “विधेयकको निर्माण कसले गर्दिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ रु”, उनले भने ।

कानुनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको पाइएको उनको भनाइ छ । “कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन ।

हामी कानुन बनाइदिन्छौँ, ‘तिमी प्रयोग गर’ भनेर लाद्ने कोसिस गर्छौँ”, सभामुख अर्यालले भने, “यसबाट जनताले आफूले प्रयोग गर्ने काननु थाहा पाउँदैनन् र जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *