खरेलको माग : महालक्ष्मीमा खाद्यान्न र खानेपानी आपूर्ति बढाऊँ(भिडियो)
भिडियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले महालक्ष्मी नगरपालिकामा खाद्यान्न र खानेपानीको अभाव रहेको भन्दै सरकारले आपूर्ति बढाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै सांसद खरेलले महालक्ष्मी नगरपालिकाको विकासमा सरकारले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले चालु आर्थिक वर्षदेखि नै खाद्यान्न तथा खानेपानीको आपूर्ति वृद्धि गर्न सरकारसँग आग्रह गरे।
त्यसैगरी, उनले ललितपुरको लकुरी भञ्ज्याङ क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढाउनुपर्ने धारणा राखे। साथै, ललितपुरको भाषा, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
