तारेख बुझ्न जिल्ला अदालत काठमाडौंमा रवि लामिछाने
बिशेष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन्।
अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार लामिछानेले बुधबार स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा तारेख बुझेका हुन्। उक्त मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ।
यसअघि स्वर्णलक्ष्मी सहकारी प्रकरणमा उनी ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। सो मुद्दा सहकारी बचत अपचलनसँग सम्बन्धित भएकाले कानुनी प्रक्रिया अदालतमा अघि बढिरहेको छ।
तारेख बुझिसकेपछि उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको अदालतले जनाएको छ। अदालतमा नियमित उपस्थित भई कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले लामिछाने बुधबार अदालत पुगेका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
