बालेनभन्दा जिद्दी म हो : हर्क साम्पाङ
नेकपा एमाले
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले केपी ओलीभन्दा बालेन बढी अहंकारी भएको आरोप लगाएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले बालेनमा केपी ओलीभन्दा दोब्बर अहंकार रहेको बताएका हुन्।
‘अहंकारमा केपी ओली जति हो, त्यसको दोब्बर हो बालेन,’ उनले लेखेका छन्।
त्यस्तै, उनले जिद्दीपन आफूमा बालेनभन्दा दोब्बर रहेको दाबी पनि गरेका छन्।
‘र जिद्दीपनमा बालेन जति हो, त्यसको दोब्बर हो हर्क साम्पाङ !’ उनले अगाडि थपेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर बाहिरिएका साम्पाङले यस्तो स्टाटस लेखेपछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्।
प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै उनले विगत लामो समयदेखि संसद बैठक बहिष्कार गर्दै आएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
