प्रधानमन्त्री बालेनको सीमा सम्बन्धी अभिव्यक्तिप्रति राप्रपाले जनायो आपत्ति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन साहको सीमा सम्बन्धी अभिव्यक्तिप्रतिको आपत्ति जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनलेले भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि प्रधानमन्त्रीबाट संसदमा गरिएको यस्तो अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।
उनले लेखेका छन् – प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसदको रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयलाई आज जसरी प्रस्तुत गर्नुभयो त्यो आपत्तिजनक छ।
भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयॅा नभएपनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ।
यस विषयमा यथार्थ प्रष्ट पार्न राप्रपा प्रधानमन्त्री एवं नेपाल सरकारसंग मांग गर्दछ। साथै, यस सम्बन्धमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक हुनुपर्दछ।
