प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको विरोध जारी
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवाद साम्य हुन नसक्दा विपक्षी दलहरूले प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि विरोध जारी राखेका छन् ।
सभामुख डीपी अर्यालले बैठकको कारबाही सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोधमा उत्रिएका हुन् ।
उनीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ फिर्ता लिन, संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरण र माफीको माग दोहोर्याएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
