`

अविनाश बस्नेत रास्वपा सिन्धुलीको सभापतिमा

Nepal One HD २४ जेठ २०८३ १२:५९
राजनीति

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको प्रथम जिल्ला अधिवेशनबाट अविनाश बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी र केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो।

शनिबार सम्पन्न मतदानको अन्तिम मतपरिणामअनुसार बस्नेतले १८१ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक)ले ८८ मत प्राप्त गरे भने अर्का उम्मेदवार कर्णबहादुर कार्कीले ४ मत पाए।

उपसभापति पदमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गरेका थिए।

सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास)ले ७१ मत प्राप्त गरे। त्यसैगरी, सहसचिव पदमा दिनेशप्रसाद सापकोटा (मोटु) १३० मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी रमेश खत्रीले ११६ मत प्राप्त गरे।

खुला सदस्यतर्फ दिवस पहाडी तथा दलित सदस्यतर्फ कुमार रसाइली निर्वाचित भएका छन्। महिला सदस्यमा सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए।

रास्वपाको विधानअनुसार सभापति पदमा दोस्रो स्थान हासिल गरेका वृखबहादुर बम्जन जिल्ला समिति सदस्य बनेका छन्। बाँकी दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।

त्यसैगरी, क्षेत्र नम्बर १ को संयोजकमा मनिष कार्की तथा क्षेत्र नम्बर २ को संयोजकमा कैलाश थापा निर्वाचित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *