`

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको जिल्ला सभापतिमा रमेश रायमाझी निर्वाचित

Nepal One HD २४ जेठ २०८३ १३:२८
राजनीति

मन्थली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ। जिल्ला अधिवेशनबाट रमेश रायमाझी सभापतिमा निर्वाचित भएका छन्।

निर्वाचित जिल्ला कार्यसमितिको पूर्ण विवरण यसप्रकार छ:

जिल्ला सभापति: रमेश रायमाझी

जिल्ला उपसभापति: मोहन कार्की

जिल्ला सचिव: दिल बहादुर थापा (दिनेश)

जिल्ला सहसचिव: टेक बहादुर सुनुवार

जिल्ला कोषाध्यक्ष: समीक्षा श्रेष्ठ

जिल्ला सदस्यहरू:
अर्जुन श्रेष्ठ, लक्ष्मण बस्नेत, कमल कार्की, ईश्वरी लामिछाने, केशव रोक्का, चन्द्रा खड्का

रास्वपा रामेछापले नवनिर्वाचित टोलीले पार्टी सङ्गठन विस्तार, युवा परिचालन र जिल्लाको विकासका मुद्दालाई प्राथमिकतामा राख्ने जनाएको छ। नेतृत्वमा रहेका रायमाझीले सबै सदस्यहरूको सहकार्यमा पार्टीलाई प्रभावकारी रुपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *