रास्वपा मकवानपुरको सभापतिमा पाठक
राजनीति
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक सर्वसम्मत चयन भएका छन्। शनिबार हेटौंडामा सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले यसअघि सचिव रहेका मनहरी गाउँपालिकाका पाठकलाई सभापतिमा चयन गरेको हो।
अधिवेशनले पाठकको नेतृत्वमा ५ वर्षे कार्यकालका लागि ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। निर्वाचित अन्य पदाधिकारीहरूमा उपसभापति टाकाराज थापा (सुरेश), सचिव विशभ अधिकारी, सहसचिव शान्ति थापा विडारी रहेका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याल चयन भएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
