`

जीबी राई नेपाल कहिले आउछन्?(भिडियो)

Nepal One HD २९ जेठ २०८३ १३:०८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले संसदमा बोल्दै विभिन्न संवेदनशील मुद्दामा सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले विशेष गरी जीबी राईको नेपाल फिर्ता, निर्मला पन्त प्रकरणको अनुसन्धान र वैदेशिक रोजगारीमा निर्भर युवाको अवस्थाबारे प्रश्न उठाएकी हुन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले जीबी राई कहिले नेपाल फर्काइन्छ र उनीसँग सम्बन्धित विषयमा सरकारले के प्रगति गरेको छ भन्नेबारे स्पष्ट जानकारी मागिन्। उनले लामो समयदेखि चर्चामा रहेको निर्मला पन्त प्रकरणको फाइल खोलिएर पीडितले कहिले न्याय पाउने भन्ने प्रश्न पनि उठाइन्।

त्यस्तै, उनले देशको ठूलो हिस्सा युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार असफल भएको आरोप लगाइन्। 

सांसद बरालले राष्ट्रियता र राष्ट्रहितका विषयमा सरकारको प्राथमिकता कमजोर देखिएको टिप्पणी गर्दै व्यक्तिभन्दा राष्ट्र ठूलो हुने धारणा राखिन्। उनले सरकारले जनअपेक्षा र राष्ट्रिय सरोकारका विषयमा गम्भीरतापूर्वक ध्यान नदिएको आरोप पनि लगाइन्।

उनको भनाइअनुसार सरकारको ध्यान प्रमुख राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने भए पनि व्यवहारमा त्यस्तो नदेखिएको भन्दै उनले संसदमार्फत तत्काल जवाफ माग गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *