`

एक खर्ब निक्षेप तान्दै राष्ट्र बैंक

Nepal One HD २९ जेठ २०८३ १३:३०
अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागले अधिक तरलता रहेको अवस्थालाई नियन्त्रण गर्न उक्त कदम चाल्न लागेको हो।

यसअघि जेठ २७ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबरको २३ दिने निक्षेप संकलन गरेको थियो।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा करिब ११ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी (तरलता) रहेको राष्ट्र बैंकले जनाएको छ। कर्जाको माग अपेक्षाअनुसार नबढ्दा बैंकिङ प्रणालीमा लामो समयदेखि अधिक तरलताको अवस्था कायम रहेको छ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत रकम प्रशोचन गर्दै आएको छ। अर्थतन्त्रमा कर्जाको माग कमजोर रहँदा यो अवस्था निरन्तर देखिएको पनि बैंकले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *