`

रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी

Nepal One HD २ असार २०८३ १२:३०
राजनीति

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको नेतृत्वमा इन्जिनियर प्रकाश विष्ट पुनः निर्वाचित भएका छन्।

सोमबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा विष्टले प्रतिनिधिसभा सदस्य जनक सिंह धामीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि प्रदेश सभापतिको जिम्मेवारी सुरक्षित गरेका हुन्।

निर्वाचन परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी धामीले १५४ मतमा सीमित भए। यससँगै विष्टले २०४ मतको फराकिलो अन्तरले विजय हासिल गरेका छन्।

पुनः निर्वाचित भएपछि विष्टले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सुदूरपश्चिममा रास्वपाको प्रभाव विस्तार गर्न आफू प्रतिबद्ध रहने बताएका छन्। अधिवेशनले प्रदेश नेतृत्व चयनसँगै आगामी संगठनात्मक रणनीतिबारे समेत छलफल गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *