`

महाधिवेशन उद्घाटन गर्न चितवन पुगे प्रधानमन्त्री ‘बालेन’

Nepal One HD ७ असार २०८३ १२:०१
बिशेष

चितवन। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।

चितवनमा असार ९ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन आइतवार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका छन् भने संगठनात्मक संरचना, नीति तथा आगामी राजनीतिक दिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।

पार्टी नेतृत्वले यस महाधिवेशनलाई संगठन विस्तार र वैचारिक स्पष्टताको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *