रास्वपा महाधिवेशनमा देखिएको भयानक दृश्य : मोहीको हरालुछ [तस्वीरहरू]
फोटोफिचर
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा कार्यकर्ताहरूलाई मोही वितरण गर्ने क्रममा भीडभाड र सामान्य धक्कामुक्का भएको छ।
महाधिवेशनस्थलमा आयोजकले मोही वितरण सुरु गरेपछि एकैपटक ठूलो संख्यामा कार्यकर्ताहरू पुग्दा अवस्था केहीबेर अस्तव्यस्त बनेको हो।
लाइन व्यवस्थापन कमजोर देखिँदा मोही लिन पुगेका कार्यकर्ताहरूबीच धकेलाधकेल भएको दृश्य देखिएको थियो। भीड नियन्त्रणका लागि स्वयंसेवक परिचालन गरिए पनि सुरुवाती चरणमा व्यवस्था मिलाउन कठिन भएको जनाइएको छ।
तस्बिरहरूमा कार्यकर्ताहरू हात फैलाउँदै मोही लिन प्रयास गरिरहेको र केही स्थानमा बोतलका लागि तानातानसमेत भएको देखिन्छ।
यद्यपि, घटनापछि व्यवस्थापन सुधार गर्दै वितरण प्रक्रिया क्रमशः नियमित गरिएको र महाधिवेशनका अन्य कार्यक्रम भने सामान्य रूपमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
तस्वीरहरू:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको






