रास्वपाले राजा ल्याउँछ भनेर राजावादीहरुले भाेट दिए : राजेन्द्र लिङ्देन
बिशेष
काठमाडाैं । राजावादीहरुले पनि राजा ल्याउन् भनेर रास्वपालाई भाेट दिएकाे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
चितवनमा आजदेखि सुरु रास्वपाकाे पहिलाे महाधिवेशनलाई सम्बाेधन गर्दै उनले भने यस्ताे बताएका हुन् ।
उनले भने ,‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै बालोनले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन् । तपाईँहरुकाे विशिष्ट जिम्मेवारी छ । जनताको यो विशष्टि चाहनालाई सम्वोधन गर्नुपर्ने छ ।’
लिङदेनले समस्या नेतामा मात्र नभएर संविधान र संवैधानिक व्यवस्थामा पनि रहेको बताए । उनले थपे, ‘यो संविधानमा सुधार नगरिकन देश अगाडि बढ्दैन । तपाईंहरुसित एैतिहासिक अवसर छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
