मध्यरातको गोप्य भेटघाट : बालेन एक्कासी किन पुगे सौराहा ?
चितवन। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गरेका छन्।
अवलोकनका क्रममा उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे जानकारी लिएका थिए।
परिवारसहित चितवन पुगेका शाह सौराहाको प्राकृतिक सौन्दर्य, वन्यजन्तु तथा जैविक विविधताप्रति चासो राख्दै अवलोकनमा सहभागी भएका थिए।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार उनले सौराहाको पर्यटन सम्भावना तथा संरक्षणसँग जोडिएका विकासका विषयमा समेत रुचि देखाएका थिए। वन्यजन्तु तथा प्राकृतिक वातावरणको अवलोकनपछि उनले यहाँको प्रकृति संरक्षणयोग्य रहेको धारणा व्यक्त गरेको स्थानीय स्रोतले जनाएको छ।
यसैबीच, प्रधानमन्त्री शाह कालिका नगरपालिका-शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसिरहेका छन्।
चितवन भ्रमणलाई राजनीतिक कार्यक्रमभन्दा पारिवारिक तथा पर्यटकीय भ्रमणका रूपमा हेरिएको छ।
स्थानीय व्यवसायीहरूका अनुसार सौराहामा उनको उपस्थितिले पर्यटन क्षेत्रको चहलपहल बढाउन सहयोग पुगेको छ।
