`

एमाले सांसद राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

Nepal One HD २४ असार २०८३ १२:४१
प्रमुख खबर

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का सांसद राजेन्द्र राईले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड)बाट हटाउन निर्देशन दिएका छन्।

विशेष समय लिएर बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न?’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि उनले ‘तपाईंले पाँच वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईंले कुरा सुन्न पर्दैन?’ भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएका थिए।

उक्त अभिव्यक्तिपछि प्रतिनिधिसभामा विवाद उत्पन्न भएको थियो। सभामुख अर्यालले सांसद राईलाई तत्काल रोक्दै संसदीय मर्यादा पालना गर्न निर्देशन दिएका थिए। त्यसक्रममा केहीबेर सदन तनावग्रस्त बनेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।

स्थगनपछि पुनः सुरु भएको बैठकमा सभामुख अर्यालले सांसद राईले दिएको सम्पूर्ण विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *