`

राष्ट्रिय सभामा छलफलमा रहेका विधेयक कुन कुन हुन् ?

Nepal One HD २५ असार २०८३ ११:३५
बिशेष

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार वटा विधेयकमाथि दफाबार छलफल गरेको छ।

समितिको आज बसेको बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यहरूको प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूको उपस्थितिमा विस्तृत छलफल गरिएको हो।

समितिका सभापति कृष्णबहादुर रोकायका अनुसार ती विधेयकसम्बन्धी समितिको प्रतिवेदन आजै बस्ने राष्ट्रियसभाको बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।

अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका विधेयकमध्ये ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि समितिले दफाबार छलफल गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *