`

नेपाल बैंकको इन्टरनेट बैंकिङ सेवा साउन १ देखि बन्द

Nepal One HD २९ असार २०८३ १४:१८
अर्थ समाचार

काठमाडौं । नेपाल बैंकले आगामी साउन १ गतेदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

बैंकले सार्वजनिक सूचना जारी गर्दै सेवा बन्द भएपछि ग्राहकहरूले वैकल्पिक डिजिटल बैंकिङ माध्यम प्रयोग गर्नुपर्ने जनाएको हो।

बैंकका अनुसार हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध हुँदै आएका अधिकांश सेवा अब मोबाइल एप तथा बैंकले उपलब्ध गराएको आधिकारिक डिजिटल लगइन प्रणालीमार्फत सञ्चालन गर्न सकिनेछ। यसबाट ग्राहकहरूले दैनिक बैंकिङ कारोबार, रकम स्थानान्तरण, बिल भुक्तानीलगायतका सेवा सहज रूपमा उपयोग गर्न सक्ने बैंकको भनाइ छ।

बैंकले डिजिटल सेवा थप सुरक्षित, प्रभावकारी र आधुनिक बनाउने उद्देश्यले यो परिवर्तन गरिएको जनाएको छ। इन्टरनेट बैंकिङ सेवा बन्द भएपछि ग्राहकहरूले नयाँ प्रणालीमा आबद्ध भई बैंकिङ कारोबार सञ्चालन गर्नुपर्नेछ।

सेवा परिवर्तनका क्रममा ग्राहकलाई केही असुविधा हुन सक्ने उल्लेख गर्दै बैंकले त्यसप्रति क्षमायाचना गरेको छ।

साथै, आवश्यक परे नजिकको शाखा वा बैंकको ग्राहक सेवा केन्द्रबाट थप जानकारी लिन पनि आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *