ज्वाला संग्रौलाले किन नियमापत्ति गरिन्?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौला (ज्वाला) ले प्रतिनिधिसभामा विपक्षी सांसद रमेश मल्लको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले मल्लले अघिल्लो बैठकमा गरेको अभिव्यक्तिले संसद्को मर्यादा र तथ्यगत आधारबारे प्रश्न उठाएको बताइन्। मल्लले काठमाडौंमा सञ्चारमाध्यम र नेताहरूका निवास अगाडि गाडी तेर्स्याएर सरकार संरक्षित समूहबाट राज्य आतङ्क मच्चाइएको आरोप लगाएका थिए।
उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संग्रौलाले यदि आरोप पुष्टि गर्ने प्रमाण छ भने सदनमा प्रस्तुत गर्नुपर्ने, अन्यथा संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरिन्।
उनले संसद्मा गरिने अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने उल्लेख गर्दै आधारहीन आरोपले सदनको गरिमा र सार्वजनिक विश्वासमा असर पर्ने धारणा व्यक्त गरिन्।
