सुनको मूल्य बढ्यो,चाँदी सस्तियो
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ४१५ रुपैयाँ मा कारोबार भएको थियो।
यससँगै अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा दैनिक उतारचढाव जारी रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
