प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच भेटवार्ता
प्रमुख खबर
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)सँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन्।
भेटका क्रममा मुलुकको शेयर बजारको पछिल्लो अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषय र आर्थिक गतिविधिसँग सम्बन्धित विविध पक्षमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा वित्तीय प्रणालीको स्थायित्व, पूँजी बजारको अवस्था तथा अर्थतन्त्रसँग सम्बन्धित समग्र विषयमा विचार आदान–प्रदान भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
