`

नेप्सेले हान्यो ‘हाफ सेन्चुरी’

Nepal One HD १ साउन २०८३ १३:०२
अर्थ समाचार

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ बजेर ३७ मिनेटसम्मको कारोबारमा ५०.५८ अंकले बढेर २,६४८.३८ बिन्दुमा पुगेको हो।

साँढे १२ बजेसम्म १ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये २५० कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसअघि लगातार बजार ओरालो लागेपछि केही लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गरेका थिए। त्यसपछि बोर्डले पुँजीबजार सुधार मार्गचित्र तथा नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।

यस्तै, बजारमा निरन्तर गिरावट आएपछि सरकारको आलोचना बढेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी पुँजीबजार सुधारका विषयमा छलफल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *