बजार अनुगमनमा कैफियत भेटिएपछि खाद्य स्टोर कारबाहीमा
प्रमुख खबर
काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो । बुधबार विभागले कुल ८ वटा फर्ममा स्थलगत अनुगमन गरेको थियो । त्यसमध्ये ७ वटालाई सुधारात्मक निर्देशन दिएको छ ।विभागले उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा नियमित बजार अनुगमन गर्दै आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
