`

प्रमुख जिल्ला अधिकारि सहित सहसचिव र उपसचिवको सरुवा

Nepal One HD २० भदौ २०८३ ११:०८
प्रशासन

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले १८ भदौमा गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।

निर्णयअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै, सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।

त्यसैगरी, जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *