`

शुक्रबार घाँस काट्न गएकी पार्वती शनिवार मृत भेटिइन्

Nepal One HD १० असोज २०८३ १२:५४
समाचार

कैलाली । गौरीगंगा नगरपालिका–६ बनबेहडाकी ४० वर्षीया पार्वती साउद घाँस काट्ने क्रममा रुखबाट खसेर मृत अवस्थामा फेला परेकी छन्।

प्रहरीका अनुसार पार्वती शुक्रबार दिउँसो स्थानीय बार वन सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि परिवार तथा आफन्तले उनको खोजी थालेका थिए।

खोजीका क्रममा शनिबार बिहान करिब ९ बजे उनी जंगलमै रुखबाट खसेको अवस्थामा भेटिएकी हुन्। घटनास्थलमै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

घटनाबारे खबर पाएपछि इलाका प्रहरी कार्यालय चौमाला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *