`

सरकारले संविधान मास्न खोजे सदनबाटै सचेत गराउँछौँ : बासना थापा

Nepal One HD १६ कार्तिक २०८३ १८:४४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारले संविधान मास्‍न खोजे सदनबाटै सचेत गराउने बताएकी छन् ।

सडकबाट हुने प्रतिवाद अन्तिम विकल्प भएको भन्दै उनले कांग्रेस तत्काल आन्दोलनमा नजाने स्पष्ट पारेकी हुन् ।

विपक्षी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलहरू तिहारलगत्तै सरकारविरुद्ध आन्दोलनमा जाने तयारीमा रहेका बेला थापाले कांग्रेसको धारणा सार्वजनिक गरेकी हुन् ।

उनले सरकारले राम्रा काम गरे कांग्रेसले सहयोग गर्ने तर मनलाग्दी गर्न भने छुट नहुने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *