पत्रकार र कर्मचारीमाथि राज्यको बढ्दो ज्यादतीबारे छलफल गर्दै कांग्रेस
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजे बैठक बस्न लागेको हो ।
दलकी प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।
पछिल्लो समय पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी परिचालन गर्ने घटनाप्रति चौतर्फी विरोध भइरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
यसअघि आइतबार मात्रै सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी बाटोमा हिँडेको र त्याे चिन्ताजनक भएकाे टिप्पणी गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
